कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही र गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

 मंसिर १९, २०७८ आइतबार ९:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितजङ्ग शाही (बायाँ) र शुक्रराज शर्मा (दायाँ)

काठमाण्डाै - नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित हुनु भएको छ । 

हिजाे भएको चुनावबाट शाही सभापतिमा निर्वाचित  हुनु भएको हो । उहाँले ४ सय २२ मत ल्याउनु भएको छ । 

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ मत ल्याउनु भएको छ भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याउनु भएकाे छ । 

चुनावमा जम्मा ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।

यस्तै गण्डकी प्रदेशमा शुक्रराज शर्मा निर्वाचित हुनुभयो । उहाँले ६ सय १३ मत प्राप्त गर्नुभएको छ ।

सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याउनुभयो । त्यस्तै उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन् ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया