टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
आज बिहीवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले साङ्गठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरू सम्बन्धी तीन वटा प्रतिवेदन र एउटा अनुमोदनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । त्याे प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित प्रस्ताव केन्द्रीय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकमा कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेस भएको थियो । याे प्रतिवेदन पनि बैठकले सर्वसम्मतिले पारित गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको पनि बताउनुभयो । त्यस्तै बैठकले पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजक रहनुभएको पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन पेस गरेको र त्याे प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।
प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने बताउनुभयो । त्यस्तै बैठकमा पेस भएको अनुमोदनसम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पास भएको र बन्द सत्रमा जान मार्ग प्रशस्त भएको बताउनुभयो ।
प्रवक्ता शर्माले बैठकमा पार्टीका नेताहरुले महाधिवेशनलाई अझै व्यवस्थित बनाउन र प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।