आउँदाे सरकार कांग्रेसकै हुन्छ, मलाई साथ दिनुस् : सभापति देउवा

 मंसिर २४, २०७८ शुक्रबार १९:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

ठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले देशमा हुने आउँदाे चुनावमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता/कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै त्याे जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘आफ्नो सरकार गठन हुनुअघि देशमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै नागरिकले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन, महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ, त्यो मेरो जिम्मेवारी हो । आउँदाे चुनावमा पार्टीमा कुनै समस्या नआओस् ।’ 

पालिका र सङ्घीय सरकार कांग्रेसकै हुने नेता/कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एक पटक आफूलाई जिताउन आग्रह गर्नुभयो । ‘डर, त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्’, प्रधानमन्त्री देउवाले भन्नुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया