झापामा बस र भ्यान ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 मंसिर २५, २०७८ शनिबार १२:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको बाह्रदशी गाउँपालिका–३ मा रहेकाे त्रिवेणी चोकमा बस र भ्यान ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । 

दुर्घटनामा परि बाह्रदशी गाउँपालिका- १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको ज्यान गएकाे हाे । 

आज बिहान चारपाने राजगढ सडक खण्डमा  प्रदेश १–०१–००१–ख ३५२४ नम्बरकाे बस र मे १ च २२२६ नम्बरको भ्यान ठाेक्किएका हुन् ।  

घाइतेहरु ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्तपालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया