बेगनास तालमा डुङ्गा पल्टियो, एकजनाको मृत्यु, पाँचजना बेपत्ता

 भदौ २३, २०७५ शनिबार १४:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्कीको बेगनासतालमा शनिबार दिउँसो डुङ्गा पल्टिदा एक जनाको ज्यान गएको छ । डुृङ्गा दुर्घटनामा परी ३ जना घाइते भएका छन् भने अन्य ५ जना बेपत्ता रहेका छन् । 

बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । डुङ्गा दुर्घटनामा परी नाम नखुलेका एक जना महिलाको बेगनासतालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तीनजना घाइतेको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको खोजी कार्य जारी रहेको छ । 

दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छैन । घटनास्थलमा अहिले प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया