सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज साेमवार भइरहेकाे मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको छ । दिउँसाे १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको हो ।
महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा तीन सय ४३ र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा पाँच सय ३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।