टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले अहिले भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नुपरेको बताउनुभएकाे छ । उहाँले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेका कारण यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।
आज साेमवार भृकुटीमण्डपमा सञ्चारकर्मीसँग सभापतिका उम्मेदवार सिंहले भन्नुभयो, ‘साँच्चै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलीय व्यवस्थाको पुनर्बहाली (२०४८ साल) देखि महाधिवेशनको अनुभव गरेका छौँ । यस पटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका काम गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियममा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाण्डाैकाे भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज (सोमवार) पार्टी नेतृत्व चयनका लागि मतदान भइरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।