कांग्रेस महाधिवेशन : डेढ घण्टा थपियो मतदानको समय

 मंसिर २७, २०७८ सोमबार २१:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले भइरहेको मतदानको समय डेढ एक घण्टा थपिएको छ ।

निर्धारित ९ बजेभित्र मतदान नसकिएपछि डेढ एक घण्टा थपिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

अब राति साढे १० बजेसम्म मतदानको समय तोकिएको छ । यसअघि आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको थियो ।

कांग्रेस १४ औँ महाधिवेशनमा चार हजार सात सय ४३ मतदाता रहेका छन् । राति ९ बजेसम्म चार हजार दुई सय ९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया