टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको आजैदेखि गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । उहाँले मत गणनालाई जतिसक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो ।
“आजै अपराह्नबाट मत गणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ”, उहाँले भन्नुभयो, “हामी अहोरात्र खटेर मतगणना गर्छौं र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौं ।”
आउँदो पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसोदेखि मत गन्न सुरु गरिनेछ ।
कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । दोस्रो चरणमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल पनि हो । कांग्रेसको विधानमा कांग्रेस सभापति लगातार दुुई पटकसम्म मात्रै हुने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।