युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको उपसभापतिका लागि आज बुधवार बेलुकादेखि मतगणना सुरु हुँदैछ । सुरुमा उपसभापतिको गणना गर्ने निर्णय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एकसाथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य केशव रिजालले जानकारी दिनुभयो ।
उपसभापतिको मतगणना सकिएपछि भोलि बिहीवार बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ ।
कांग्रेसको उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाह प्रतिस्पर्धामा हुनुहुन्छ । पार्टी विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुनेछन् । सभापतिमा शेरबहादुर देउवा विजयी भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।