कांग्रेस उपसभापति पदको मतगणना सुरु

 मंसिर २९, २०७८ बुधबार १८:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरु भएकाे कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ । 

तीन ठाउँमा मतगणना भइरहेको र उपसभापतिको मत गणना सकिएपछि महामन्त्रीको मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । १४ औँ महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया