कांग्रेस महाधिवेशन : उपसभापतिकाे मतगणनामा गुरुङ र खड्का अगाडि

 मंसिर २९, २०७८ बुधबार १९:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको उपसभापतिका लागि अहिले मतगणना चलिरहेको छ । सानेपामा तीन ठाउँमा उपसभापतिकाे मतगणना थालिएको हो । दुई जना उपसभापतिका लागि सात जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहबीच प्रतिस्पर्धा छ ।

प्रारम्भिक मत परिणामअनुसार पूर्णबहादुर खड्का अगाडि हुनुहुन्छ । १५ सयभन्दा धेरै मत गन्दा खड्काले तीन सय ९५, धनराज गुरुङले तीन सय ९२, विजयकुमार गच्छदारले तीन सय ५५ र चन्द्र भण्डारीले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एक साथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य केशव रिजालले जानकारी दिनुभयो । उपसभापतिको मतगणना सकिएपछि भोली बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया