सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक परिणाममा गगनकुमार थापाको अग्रता देखिएको छ ।
दुई सय मतगणना सकिँदा थापाको १ सय २४ मत आएको छ ।
यस्तै, दोस्रोमा प्रदीप पाैडेलकाे ७३, डा.प्रकाशशरण महतको ७०, विश्वप्रकाश शर्माको ६७, डा.मिनेन्द्र रिजालको ४० र डा.राजाराम कार्कीको १ मत आएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा निर्वाचित भैसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।