बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्याउने खतरा : ह्युमन ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ ।
सुरुदेखि नै गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ।
पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ५ सय २० मत गन्दा थापाले १ हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १ हजार १९ मत ल्याउनुभएको छ । प्रदीप पौडेलको ७ सय ४७, डा. प्रकाशशरण महतको ८ सय २७, मिनेन्द्र रिजालको ४ सय २६ र डाक्टर राजाराम कार्कीको ६४ मत छ ।
अग्रता लिइरहेका थापाले डा. शेखर कोइराला समूहबाट र शर्माले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।