कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना सुरु

 पुष २, २०७८ शुक्रबार ११:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको मतगणना भइरहेको छ । कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् ।

आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आएको थियो । बाँकी रहेकाहरुको गणना अहिले चलिरहेको र आजै नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । अहिले मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यतर्फका सहमहामन्त्रीको मत गणना भइरहेको हो  ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस–आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा हुनुहुन्छ । यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

उहाँकाअनुसार आज सहमहामन्त्रीको गणना सकिने छ । त्यसपछि भोलिदेखि केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ । यसअघि हिजो सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको थियो । त्यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया