टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताउनुभएको छ ।
आज सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई 'कालो दिन' को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताउनुभएको हो ।
राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै देशकाे संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो । वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उहाँले बताउनुभयो ।
मन्त्री कार्कीले भन्नुभयो, ‘पाँच दलको गठबन्धनले अहिले देशकाे राजनीतिलाई एउटा ट्र्याकमा ल्याएको छ । राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटोतर्फ उन्मुख गराउने ओलीको प्रयत्न विफल भएको छ । अहिले देशमा संविधानको रक्षा भएको छ । हामीले निर्माण गरेको पद्धतिको रक्षा भएको छ । देश शेरबहादुर देउवाको नेतृत्वमा अहिले विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा देश अघि बढेकाे छ । र अबका दिनमा हामीले, हाम्रो पुस्ताले राजनीतिक पद्धतिका निमित्त सङ्घर्ष गर्नु नपरोस् ।’
मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने बताउनुभयो । संविधानलाई समयानुकूल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्ब गर्न नहुने उहाँको भनाइ छ ।
उहाँले देशलाई समृद्ध बनाउनका निम्ति सबैको इमानदार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।