बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्याउने खतरा : ह्युमन ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मत परिणाम आज मङ्गलवार सार्वजनिक भएको छ ।
मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणामअनुसार अजय चौरसिया दुई हजार पाँच सय २२, विनोद चौधरी दुई हजार दुई सय ६,चन्द्रमोहन यादव दुई हजार एक सय ३८, महेन्द्रकुमार राय एक हजार नाै सय ८४ र दिनेशकुमार यादव एक हजार नाै सय ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
नव निर्वाचित केन्द्रीय सदस्य चौधरी उद्योगपति हुनुहुन्छ । चन्द्रमोहन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुनुहुन्छ ।
मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित
मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार नाै सय ६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार आठ सय ८३ र नागिना यादव दुई हजार आठ सय ४६ मत ल्याएर विजयी हुनुभएको समितिले जनाएको छ ।
गएकाे मङ्सिर २७ गते पदाधिकारीसहित एक सय ३४ पदका लागि भएको चुनावकाे ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि भाेलि बुधवारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।