कोकाकोलाले युरोपका विभिन्न देशबाट आफ्ना केही उत्पादन फिर्ता लियो
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले 'पक्षपूर्ण व्यवहार बन्द गर' भन्ने लगायतका नारा लगाउँदै आज बुधवार पनि प्रतिनिधि सभा बैठकमा अवराेध गरेकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवराेध गर्ने कामलाई निरन्तरता दिएको हो ।
यता सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठकमा अवराेध गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।