अङ्ग्रेजी नयाँ वर्षमा आईएमईकाे उपहार, जितौँ हजारौँ हजार

 पुष ९, २०७८ शुक्रबार ८:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमईले अङ्ग्रेजी नयाँ वर्ष तथा क्रिसमसकाे अवसरमा 'आईएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार' नामक आकर्षक स्किम ल्याएकाे छ । 

स्किम अनुसार ‘लक्की ड्र ’ मार्फत कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत पैसा पठाउने चार जनालाई साप्ताहिक विजेता छनोट गरिने आईएमईले जनाएकाे छ ।

यसरी छनोटमा परेका प्रति व्यक्तिले १० हजार रुपैयाँ उपहार स्वरूप प्राप्त गर्ने भएका छन् । 

त्यस्तै बम्पर उपहार योजनामा पनि चार जना भाग्यशाली विजेताहरु छनोट गरिने भएकाे छ । छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार स्वरूप प्राप्त गर्ने आईएमईले जनाएकाे छ ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी हुन पाउनेछन् । याे योजना २३ डिसेम्बरदेखि ४ फेब्रुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म सञ्चालन हुनेछ ।

विजेताकाे नाम आईएमईकाे आधिकारिक सामाजिक सञ्जाल र वेब पेजहरूका साथै आम संचार माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया