एमसीसीबारे देउवा– ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’

 पुष ११, २०७८ आइतबार १८:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको दाबी गर्नुभएको छ ।

आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।

‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त ? किन राष्ट्रघाती काम गरौँला त मैले । ? यो विषयमा हामीले छलफल गरिरहेका छौँ । यो नेपालको हितमा छ, यो सित्तैमा आएको पैसा हो, नेपालको कानुनअनुसार आएको हो, राम्रोसँग बुझेर मात्रै बोल्नुपर्छ । यसमा धेरै छलफल गरेर पारित हुनेछ’, देउवाले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएकाले राष्ट्रियताविरुद्ध नजाने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हितमा छ ।’ 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया