भ्रामक सूचना फैलाउने, 'डीपफेक' भिडियाे 'अपलाेड' गर्नेलाई ३ ...
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ । आज दिउँसाे १२ बजेसम्म प्रतिवेदनमाथि छलफल हुने गरी समय थप गरिएको छ ।
प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । धेरैजसो समूहले हिजो नै छलफल सकाएका छन् ।
बाँकी रहेका समूहले आज दिउँसो १२ बजेसम्म छलफल गर्ने छन् । छलफलबाट आएका सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरुले आज १२ बजेपछि महाधिवेशन भइरहेको ठाउँ प्रज्ञा भवनमा निष्कर्ष सुनाउने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो । छलफलको निष्कर्ष सुनाउन हरेक समन्वयकर्ताले १५ मिनेटको समय पाउने छन् । दिउँसो १ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । यसैबीच, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्नु भएको छ । ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ । अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, सङ्घीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।