धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
साेलुखुम्बु - निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गएकाे शनिवारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पूरै हिउँले ढाकेको स्थानीयले बताएका छन् ।
लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन् । नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयाे ।
भारी हिमपातका कारण त्यहाँका स्थानीयवासी घरबाट बाहिर निस्कन समेत सकेका छैनन् । बाहिर भित्र गर्न समेत सकस भएपछि स्थानीयवासी र कर्मचारीहरुले अहिले हिउँलाई सोरेर बाटो पहिचान गर्ने कार्य गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले बताएका छन् ।
हिउँले ढाकेका कारण बाटो पत्ता लगाउन निक्कै मुस्किल परेको छ । हिमपातले गर्दा विशेषगरी बस्तुभाउको हेरचाह गर्न सकस परेको छ भने हिउँले घाँसपात छोपिँदा बस्तुभाउलाई के खुवाउने भन्ने चिन्ताले पशुपालक कृषकहरुलाई सताउन थालेको छ ।
चिसोको कारण पिउने पानी पाइपमै जम्दा हिउँ पागालेर खान बाध्य भएको स्थानीय छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
तस्बिर : भूमिराज उपाध्याय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।