लिपुलेकमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

 पुष २५, २०७८ आइतबार १२:५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दिएको अभिव्यक्तिमा राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । साथै जनमोर्चाले नेपाल सरकारलाई भारतसँग यो विषयमा कुराकानी गर्न र निर्माणको काम रोक्न पनि माग गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर मोदीको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले केहीदिनअघि भारतको उत्तराखण्ड राज्य हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताउनुभएको थियो ।

गएको वर्ष नै भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उद्घाटन गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया