सर्वदलीय बैठक : वैशाख १४ भित्रै पालिकाको चुनाव सम्पन्न गर्ने गरी मिति घाेषणा गर्न सरकारलाई आग्रह

 पुष ३०, २०७८ शुक्रबार १६:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राजनीतिक दलका नेताहरुले वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले आउने वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह हुन् ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको यो  प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्कटका कारण राष्ट्रिय सभाको चुनावको मतदान केन्द्र र मतदानस्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेकाे पालिकाको चुनावको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले २०५४ सालमा पालिकाको चुनाव सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा दलका नेताहरुले उमेर पुगेका सबै नागरिकले पालिकाको  चुनावमा मतदान गर्न पाउने गरी मतदाता नामावली सङ्कलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • प्रेम शाह

    Jan. 15, 2022, 6:39 p.m.

    बैशाख मा निर्वाचन गराउदा सबैलाई ठिक हुन्छ, तर चैत्र, र बैशाख तिर लकडाउन हुने हो कि चिन्ता लागिरहेछ

  •  0 Reply
  • Jagat Bhattarai

    Jan. 14, 2022, 4:22 p.m.

    ठीक छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया