वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज : मन्त्री झाँक्री

 फागुन ६, २०७८ शुक्रबार १४:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताउनु भएको छ ।

शुक्रवार प्रतिनिधिसभाको बैठकपछि  सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताउनुभएको हो । उहाँले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताउनु भयो  उहाँले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताउनु भयो ।

यस्तै मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताउनु भयो ।

‘एमसीसी लगायतका इस्यूहरु पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । त्यसमा अन्तर्राष्ट्रिय कमिटमेण्टहरु छन् नेपालको तर्फबाट । प्रधानमन्त्री को भयो, अर्थमन्त्री को भयो, योजना आयोगको उपाध्यक्ष को भयो ? त्यसले धेरै कुराको निर्धारण गर्दैन । नेपालको कमिटमेण्ट हो । त्यसप्रतिको दायित्व नेपाल सरकारले लिनुपर्ने भएकोले प्रधानमन्त्रीले आफ्ना धारण राखिरहनु भएको छ' मन्त्री झाँक्रीले भन्नुभयाे ' म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरु नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरु हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’

त्यस्तै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. शशांक काइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उहाँले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताउनु भयो । सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया