सभामुख मत विभाजन प्रक्रियामा जाने आशङ्काले संसद् बैठक फेरि स्थगित

 फागुन १३, २०७८ शुक्रबार १३:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शुक्रवार बस्ने भनिएको संसद्को बैठक पनि स्थगित भएको छ । अमेरिकी सहयाेग एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने भनिएको बैठक पर्सि आइतवारसम्मका लागि स्थगित गरिएको हो । हिजो बिहीवारका लागि तय भएको बैठक सरकारको आग्रहमा आजसम्मका लागि स्थगित भएको थियो । 

सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतको सट्टा मत विभाजन प्रक्रियामा जान खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सशङ्कित हुनुहुन्छ । संसद्को प्रक्रियाअनुसार अघिल्लो हप्ता आइतवार संसदमा टेबल भएको एमसीसीमा अब सैद्धान्तिक छलफल हुन्छ । छलफलमा उठेका प्रश्नमा सरकारका मन्त्रीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुपर्छ । 

यसरी स्वीकृतिका लागि पेस गर्दा सामान्यतयाः ध्वनि मत गराउने चलन छ । संसदमा सत्तापक्षको बहुमत हुने भएकाले सैद्धान्तिक छलफलमा सरकारले पेस गरेका विषय सामान्यतयाः अस्वीकृत हुँदैन । तर एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको प्रधानमन्त्रीको आशङ्का छ ।

प्रतिनिधि सभामा कायम सांसदको १० प्रतिशत अर्थात् २८ जनाले मत विभाजन मागेमा सभामुखले मत विभाजनमा जान सक्ने नियम छ । तर सत्तारुढ दलले सरकारले ल्याएको प्रस्तावमा यसरी मत विभाजन माग्न नमिल्ने भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया