एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् ।
आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् ।
आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १५ अङ्क जोडेको एपीएफ आठौँ स्थानमा छ ।
त्यस्तै एनआरटी र पुलिसको खेल एन्फा मैदान सातदोबाटोमा दिउँसो एक बजे सुरु हुनेछ ।
एनआरटी १२ खेलमा २० अङ्कसहित चौथो र समान खेलमा पुलिस १२ अङ्कका साथ एघारौँ स्थानमा छ । १३औँ तथा अन्तिम चरणको आजका खेलसँगै लिग सकिनेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुङ्गो भने यसअघि नै लागिसकेको छ ।
लिगको ११औँ चरणमा मच्छिन्द्र फुटबल क्लबले उपाधिको जितिसकेको छ । त्यस्तै च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज रेलिगेसनमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।