‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो ।
माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा शहीद सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गर्नुभयो ।
गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उहाँको भनाइ छ । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वका प्रथम शहीद रम्तेलको स्मृतिमा अक्षय कोष बनाउने घोषणा समेत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।