प्रिमियर लिग : म्यानचेस्टर सिटीले एभर्टनलाई हरायो, युनाइटेड र वाट्फोर्डको बराबरी

 फागुन १५, २०७८ आइतबार ८:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ ।

गएराति भएको खेलमा सिटीसँग एभर्टन घरेलु मैदानमा १–० गोलले पराजित भयो । सिटीका फिल फोडेनले खेलको ८२औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीले २७ खेलमा ६६ अङ्क जोडेको छ । सिटी शीर्ष स्थानमा कायमै छ । एभर्टन २२ अङ्कका साथ १७औँ स्थानमा छ । 

अर्को खेलमा म्यानचेस्टर युनाइटेड र वाट्फोर्डले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै युनाइटेड २७ खेलमा ४७ अङ्क जोडेर चौथौ स्थानमा यथावत् छ । वाट्फोर्ड १९ अङ्क जोडेर १९औँ स्थानमा छ । क्रिस्टल प्यालेस र बर्नलीले पनि एक/एक गोलको बराबरी खेलेका छन् ।

यस्तै टोटेनह्यामले लिड्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यस्तै ब्रेन्टफोर्ड न्युक्यासलसँग २–० गोलले पराजित भएको छ भने एस्टनभिल्लाले ब्राइटनलाई २–० गोलले हराएको छ। 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया