प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारे निर्णय हुँदै

 फागुन १५, २०७८ आइतबार २०:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गर्नुभएको छ । 

बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो ।

अहिले सांसदहरूले एमसीसीमाथिको व्याख्यात्मक घोषणाबारे छलफलमा भाग लिइरहेका छन् । बैठकको कार्यसूचीमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे निर्णय गरिने उल्लेख छ । आजैको संसद् बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी रहेको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया