‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।
हिजो बेलुकी संसदबाट एमसीसी अनुमोदन भएन लगत्तै काठमाण्डौमा रहेको अमेरिकी दूतावासले विज्ञप्ति निकालेर अब कार्यान्वयनको दिशामा अघि बढेको भन्दै प्रतिक्रिया जनाएको छ ।
विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने उल्लेख छ । झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको पनि दूतावासको दाबी छ ।
दूतावासको विज्ञप्तिमा यो वर्ष नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औँ वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएका उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ ।’
अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले अमेरिका नेपाल र नेपालको लोकतान्त्रिक मूल्य मान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Janata
Feb. 28, 2022, 10:11 a.m.यो बजेटबाट कसकसको भागमा अबैध रुपमा कति कति आउने हो? जुँगा मुसार्दै होलान्, दाउ खोज्दै होलान् ... ।