स्थानीय तह चुनावका लागि आयोगमा ८० दलको निवेदन

 फागुन १६, २०७८ सोमबार ९:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।

आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगबाट १ सय ११ दलले मान्यता पाएका भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Kamal

    March 2, 2022, 5:13 p.m.

    बरमझियाको पेडा पसलहरु जस्तो नेपालको पार्टीहरु । नाम पनि उस्तै उस्तै । सिद्धान्तको त के कुरा गर्नु ??? वास्तवमा नेपालमा यति धेरै पार्टीहरु चाँहिदैनन् । २ देखि ३ वटासम्म पार्टी भए पुग्छ ।

  •  0 Reply
  • Janata

    Feb. 28, 2022, 10:08 a.m.

    प्रजातन्त्रको नाममा नाममात्रैको दलहरु हुनु भन्दा सबै जनप्रतिनिधिहरु गैरपार्टीगत व्यक्तिगत रुपमा प्रत्यक्ष छनौट हुने पद्धति वेश होला । यहाँ जुन सुकै पार्टीले जे जे सिद्धान्त भने पनि एउटै यथार्थ सिद्धान्त खाउँवाद नै हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया