माओवादीका असन्तुष्ट नेता श्रेष्ठ र विप्लवबीच भेट

 फागुन १८, २०७८ बुधबार ११:१८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद बढिरहेका बेला श्रेष्ठ र नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

श्रेष्ठलाई भेट्न विप्लव बिहान उहाँकै निवास हात्तीवनमा पुग्नुभएको छ । दुई नेताबीच एमसीसी अनुमोदन लगायतनका विषयमा छलफल भएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि माओवादी केन्द्रमा प्रचण्ड र श्रेष्ठबीच दूरी बढेको छ । श्रेष्ठ संशोधन बिना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा हुनुहुन्थ्यो । दलहरुबीच एमसीसी समझौताबारे छलफल चलिरहँदा भैरहेको प्रदर्शनमा समेत श्रेष्ठ सहभागी बन्नुभएको थियो ।

विप्लवले पनि एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आउनुभएको छ । माओवादीमा अध्यक्ष प्रचण्डको कार्यशैली एकलौटी खालको भएको श्रेष्ठ पक्षधरले आरोप लगाएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै आम देशभक्त नेपाली नागरिकले यसलाई कालो दिनका रूपमा लिने टिप्पणी गर्नुभएको थियो ।

एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको तर्फबाट सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता श्रेष्ठको व्यवहारप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठलाई पार्टी छाडेर गए पनि फरक नपर्ने आशयको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको अभिव्यक्तिपछि श्रेष्ठ पक्ष चिढीएको छ । पार्टीभित्रै विरोध बढ्दै गएपछि अध्यक्ष प्रचण्डले हिजो श्रेष्ठ निवासमा गएर भेटघाट गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया