काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
कैलाली – मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।
निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।
मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती क्लबको विजेता टोलीसँग खेल्नेछ । फाइलन खेल आउँदाे शनिवार हुनेछ ।
सर्वाधिक राशीको खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।