मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्य मन्त्री खतिवडाकाे आग्रह

 फागुन २६, २०७८ बिहीबार १३:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्युपश्चातको अङ्ग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो ।

मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताउनुभयो । नाता पर्नेजति सबैले मिर्गाैला दान गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

‘मृगौला पीडितले आफूलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हाे । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरि यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो' उहाँले भन्नुभयो, 'अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ । हामीले मृत्युपश्चातको अङ्ग दान पनि गर्न सक्छौँ । मृत्युपश्चातको अङ्ग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने बताउनुभयो । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया