उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव २१ अङ्कले बढेर दुई हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुगेको छ ।
आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दुई सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज इमर्जिङ नेपाल हाइड्रोको शेयर १० प्रतिशतले तथा कर्णाली विकास बैंक, नेपाल हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जी नेपालको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।