शेयर बजार २६ सय विन्दुमुनि झर्याे, साढे ६ अर्ब रुपैयाँभन्दा ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य–मान्यता विपरीत संसदबाट एमसीसी पारित गर्न सहयाेग गरेकाले आफूले पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताउनुभयो ।
सांसद विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोध गर्न सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनुभयो । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रूपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर राष्ट्रघाती एमसीसी पारित गर्न पार्टी सहभागी भएको हुनाले पार्टी परित्याग गर्ने घाेषणा गर्दछु । हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने गर्नु हुँदैन । त्यसैले यो सबै कुराबाट मैले राजीनामा दिनुपर्छ ।’
उहाँले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताउनुभयो । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उहाँले आरोप लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।