काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पा...
पुस २९, २०८१ सोमबार
सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुको केटाकेटीपनले देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने स्थलमा परिणत भएको बताउनु भएकाे छ ।
शनिवार पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर आइपुग्नु भएका अध्यक्ष लिङ्देनले एमसीसीको सम्बन्धमा प्रमुख राजनीतिक दलहरुले निभाएकाे भूमिकाले देशलाई दीर्घकालीन रुपमा क्षति पुर्याउने बताउनु भएकाे हाे । उहाँले प्रमुख राजनीतिक दलको केटाकेटीपनले देशमा शक्ति राष्ट्रकाे चलखेल बढेकाे बताउनु भयाे ।
उहाँले भन्नुभयो, ‘एमसीसीकाे सम्बन्धमा प्रमुख दलहरुले देखाएकाे भूमिकाका कारण देश अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भयो । यस्तो दुष्प्रयासको असर प्रमुख राजनीति दलले मात्र होइन देश र जनताले पनि बेर्होनुपर्छ । यसले देशलाई दीर्घकालीन क्षति पुर्याउँछ ।’
उहाँले १२ बुँदे व्याख्यात्मक टिप्पणी ल्याएर राजनीतिक दलहरुले केटाकेटी पन देखाएको आराेप लगाउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।