देशकाे अर्थतन्त्र जलविद्युतको केन्द्रमा छ : मन्त्री भुसाल

 फागुन ३०, २०७८ सोमबार १३:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभएकाे छ । आज सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

मन्त्री भुसालले देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले त्याे लगानीलाई जोखिममा पर्न दिनु नहुने उहाँले बताउनुभयो । सरकारले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरूसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ । 

कार्यक्रममा मन्त्री भुसालले उहाँले बिजुलीकाे आन्तरिक खपत बढाउन सरकारले आवश्यक काम अगाडि बढाएको बताउनुभयाे । नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उहाँले जलविद्युत् आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘वर्तमान परिस्थितिमा नवीकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी देशका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नवीकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । त्यसका लागि नेपालले जलविद्युत् आयोजनाहरूको काम उत्साहका साथ काम अगाडि बढाएको छ ।’

सरकारले सन् २०२८ सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री भुसालले जलविद्युत् आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी देशहरूलाई बिजुली निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पार्नुभयो । 

मन्त्री भुसालले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरू थप गरी अझ वैज्ञानिक र विश्वसनीय रूपमा अगाडि बढ्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया