साउदीका विदेश मन्त्री फैसल र परराष्ट्र मन्त्री खड्काबीच भेटवार्ता हुँदै

 चैत १, २०७८ मंगलबार ८:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच आज भेटवार्ता हुँदैछ ।

सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा बिहान सवा ९ बजे भेटवार्ताको कार्यक्रम छ । भेटवार्तापछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ।

सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तव्य देश हो । कामका सिलसिलामा झण्डै चार लाख नेपाली साउदी अरबमा छन् ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा हिजो काठमाण्डौ आएका विदेशमन्त्री राजकुमार फैसलले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँ बेलुका स्वदेश फर्किँदै हुनुहुन्छ । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया