‘दैनिक उपभाेग्य वस्तुकाे मूल्य बढ्दा पनि उपभाेक्ता अधिकारकर्मी किन बाेल्दैनन् ?’

 चैत १, २०७८ मंगलबार १४:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव

काठमाण्डाै – दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । 

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो । व्यापारीहरूले तेस्रो देशबाट आयात गरेर ल्याएको खाने तेल फेरि प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएकोतर्फ उल्लेख गर्दै सभापति श्रीवास्तवले सरकारले त्यसबारे छानबिन गरेर यथार्थ बाहिर ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाहा गर्न पनि सरकारलाई निर्देशन दिनुभयो । 

सभापति श्रीवास्तवले भन्नुभयो, ‘दैनिक उपभोग्य सामग्रीहरू– चामल, गहुँ, औषधि, शैक्षिक सामग्रीमा मिनाहा दिनु राम्रो होला । तर अनावश्यक वस्तुमा मिनाहा दिँदा नियत सफा देखिएन । त्यस कारण यस छानबिन हुनुपर्छ । करोडौँ रुपैयाँ घोटाला गर्नेलाई धरौटीमा छाडिदिनुहुन्छ अनि मूल्य वृद्धि त्यसै भइरहेको छ ।’

उहाँले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महँगी झनै बढेर जाने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया