कलङ्कीमा कारले माेटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ७ जना घाइते

 चैत १०, २०७८ बिहीबार १७:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – काठमाण्डौको कलङ्कीमा कार अनियन्त्रित भएर मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई  ठक्कर दिँदा सात जना घाइते भएका छन् ।

अनियन्त्रित भएको बा ५ च ५४४० नम्बरको कारले गुडिरहेको बा ७८ प ६५०४ नम्बरको मोटरसाइकल र रोकिराखेको वाग्मती प्रदेश ०२० ३० प २६८७ नम्बरको स्कुटरलाई ठक्कर दिएर फेरि पैदलयात्रीलाई पनि ठक्कर दिएको हो । कारको ठक्करबाट पाँच जना पैदलयात्री, मोटरसाइकलका चालक र कारका चालक गरी सात जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनाको शहीद मेमोरियल अस्पताल र एक जनाको बयोधा अस्पतालमा उपचार भइरहेकाे ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया