इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
रुसले युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गर्नुभएको र अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिए पनि अब आक्रमण र बम वर्षा नगर्न पनि पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिनुभएको छ । तर उहाँले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।
मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।