काठमाण्डाैका ११ वटा पालिकामध्ये तीन वटा पालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी

 जेठ ६, २०७९ शुक्रबार ७:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - काठमाण्डाैका ११ वटा पालिकामध्ये तीन वटा पालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ ।

काठमाण्डाै महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र नागार्जुन नगरपालिकाको मत गणना कार्य निरन्तर चलिरहेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

कागेश्वरी मनोहरा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा रहेको ९ वटा वडामा अहिले वडा नम्बर ५ को मतगणना भरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की १० हजार ४ सय ६७ मतसहित अगाडि हुनुहुन्छ । उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा ९ हजार दुई सय ९६ मतसहित अग्रस्थानमा हुनुहुन्छ।

यस्तै, नागार्जुन नगरपालिकाकाे भने वडानम्बर ५ र ६ को मतगणना गर्न बाँकी छ । ताजा मतपरिणाम अनुसार नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत ७ हजार ७ सय २२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यस्तै, उपमेयरमा भने एमालेकी शुशीला अधिकारी ७ हजार ७७ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ । 

यस्तै, ६ वटा पालिका रहेको ललितपुरमा दुई वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मत गणनाको अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन आयाेगले जनाएकाे छ ।

महालक्ष्मी नगरपालिकाको वडानम्बर ५, ६, ७ को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । ताजा मतपरिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि छ । मेयरमा एमालेका हरि गोविन्द श्रेष्ठ ६ हजार ६ सय ८६ मतसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा पनि एमालेकै विणा सुवेदी ६ हजार ८ सय मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया