विजय जुलुसमा निस्किँदै हुनुहुन्छ ? ओत बोक्न नबिर्सिनु होला

 जेठ ६, २०७९ शुक्रबार ७:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै-  गएको ३० गते भएको पालिका चुनावको अन्तिम मत परिणाम धमाधम आइरहेको छ । अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेस अग्रस्थानमा छ । एमाले र माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा छन् ।

चुनावको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा विजयी हुनेहरुले बाजागाजा र र्यालीसहित उत्सव मनाइरहेका छन् । तर, मतदान गर्ने समयमा मौसमले केही हदसम्म साथ दिए पनि विजयोत्सवमा भने हावाहुरी र वर्षाले असर गर्न सक्ने भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा बिहानै हावाहुरीसहित पानी परेको छ । बिहान सबेरै हावाहुरी र मेघगर्जनसहित वर्षा भएको हो । अहिले भने पानी पर्न रोकिएको छ ।

तर, दिउँसाे पनि मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ भने केही ठाउँमा मध्यम खालको वर्षा समेत हुनसक्छ ।

यस्तै, चट्याङ्ग र हावाहुरी समेत पर्ने भएकाले घरबाहिर निस्कँदै गर्दा सावधानी अपनाउन उहाँको आग्रह छ । घर बाहिर निस्किँदा छाता, प्लास्टिक, वर्षादीलगायत ओत बोक्न पनि मौसमविद्को सुझाव छ ।

आज विशेषगरी प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेको छ । यस्तै, आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया