सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंमकाे संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर भएको बताउनुभएको हो । उहाँले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताउनुभयो । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भए पनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उहाँले बताउनुभयो ।
उहाँले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गर्नुभयो । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उहाँको विश्लेषण छ ।
महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताउनुभयो । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने पनि उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।