अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो ।
हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन जोडे भने शिखर धवनले ३९, जोनी बेयर्स्टोले २३ रन बनाए ।
यस्तै, जितेश शर्मा र शारुख खानले समान १९ रन बनाए । हैदराबादका फाजल्हक फारुकीले २ विकेट लिए भने वासिङ्टन सुन्र, जगदेशा सुचिथ र उम्रान मलिकले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
हैदराबादका अविशेक शर्माले ४३, रोमारियो शेफर्डले २६, वासिङ्टन सुन्दरले २५ र राहुल त्रिपाठीले २० रन जोडे । पञ्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए भने कागिसो राबडाले एक विकेट लिए ।
जितसँगै १४ खेलमा १४ अङ्क जोडेको पञ्जाब अङ्क तालिकाको छैटाैँ स्थानमा छ । हैदराबाद १२ अङ्क जोडेर आठौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।