विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाण्डाै महानरगपालिकामा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको सङ्केत भएको बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद महतोले काठमाण्डाैमा स्वतन्त्र उम्मेदवार विजयी हुनु परिवर्तनको सङ्केत भएको बताउनुभएको हो । जनताले परिवर्तन खाजेको भए पनि राजनीतिक दलहरूले पूरा गर्न नसक्दा यो अवस्था सिर्जना भएको उहाँकाे भनाइ छ ।
सांसद महतोले भन्नुभयो, ‘काठमाण्डाैमा बालेन साह के हो ? परिवर्तनको सङ्केत हो । जनताले खोजेको परिवर्तन, त्यो सङ्केत हो । आज म काठमाण्डाैवासीलाई यही मञ्चबाट बधाई दिन्छु, परिवर्तनको सङ्केत बालेन साहलाई बधाई दिन चाहन्छु । परिवर्तनको सङ्केत हो त्यो, अरू केही होइन ।’
सांसद महतोले नेपाल विकास र समृद्धिमा पछि परिरहेको उल्लेख गर्दै यसको बारेमा छलफल र समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली जनताले खोजेको समृद्धि र विकासलाई सरकार चलाउनेहरूले सत्ता र कुर्सीमा सीमित गरेको आरोप लगाउनुभयो । सांसद महतोले नेपालमा लोकतन्त्रको दुरुपयोग भएकोले अब सोच्ने बेला आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Amrit pokharel
May 27, 2022, 10:43 p.m.You also try once from kathmandu in the coming election, then see the result,