शेयर बजारको अवस्थाप्रति गम्भीर छु : गभर्नर अधिकारी

 जेठ २४, २०७९ मंगलबार १७:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा देखिएका समस्या समाधानका लागि नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

अधिकारीलाई भेट्न आज मङ्गलवार राष्ट्र बैंकको मुख्यालय बालुवाटार पुगेका सङ्घका प्रतिनिधिले सरकार र राष्ट्र बैंकका नीतिका कारण साना लगानीकर्ता निकै समस्यामा परेको गुनासो गरेका छन् । साना लगानीकर्तालाई परेको समस्या गभर्नर समक्ष राखेको सङ्घकी अध्यक्ष राधा पोख्रेलले जानकारी दिनुभयो ।

जवाफमा गभर्नर अधिकारीले राष्ट्र बैंकले नीति बनाउने बेलामा शेयर बजारलाई मात्रै हेरेर बनाउन नमिल्ने तर लगानीकर्तालाई परेको मर्का आफूले बुझेको बताउनुभएको थियो । ‘तपाईँहरूको समस्याप्रति म गम्भीर छु, के–कसरी समाधान गर्न सकिन्छ, थप छलफल र अध्ययन गरौँला’, गभर्नरको भनाइ उद्धृत गर्दै अध्यक्ष पोख्रेलले भन्नुभयो ।

सङ्घले यसअघि अस्ति आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर समस्या सुनाएको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया