बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आय...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - तनहुँको बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ।
अस्ति राति र हिजो बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो।
बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा घाइते हुनुभएको छ । उहाँहरुलाई घरमै चितुवाले आक्रमण गरेको हो।
दुवै घाइतेको डुम्रेमा रहेको मोती मेडिकलमा उपचार गरिएको र अवस्था खतरामुक्त रहेको छ । चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै, चितुवाले फेरि आक्रमण गर्न सक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।